नेपाल पक्षलाई माफी नदिने ओली पक्षको निर्णय

नेपाल पक्षलाई माफी नदिने ओली पक्षको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन्।

मंगलवार काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्नेलाई माफी दिन नसकिने बताएका हुन्। सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको इथिक्सबाहिर भएकाले त्यसलाई विरोध गर्ने बताए। 

उनले भने, “दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टीभित्रको कारबाहीको कुरा स्वभाविक हो, पार्टी बिरोधी गतिविधि गर्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनु पर्छ, पार्टीको बिरुद्धका गतिविधिमा लाग्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नु पर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्यो अनुसार पार्टी अगाडि बढ्छ।”

उनले जारी अध्यादेश एमालेलाई टेक डाउन गर्नका लागि ल्याइएको आरोपसमेत लगाए।

Skip This
Skip This
Logo