कलाकार खगेन्द्र लामिछानेलाई पुत्री लाभ

कलाकार खगेन्द्र लामिछानेलाई पुत्री लाभ

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति’ लगायतका चर्चित चलचित्रमा अभिनय गरेका कलाकार खगेन्द्र लामिछानेलाई पुत्री लाभ भएको छ। 

आज बिहान खगेन्द्रले सामाजिक संजालमार्फत आफू पिता बनेको जानकारी दिएका हुन्। 

खगेन्द्रले,‘यो दुनियाँमा स्वागत छ छोरी’ भन्दै छोरीको तस्बिर पनि सार्वजनिक गरेका छन्। खगेन्द्रले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन् । उनको अभिनयलाई दर्शकले निकै प्रसंशा गर्दै आइरहेका छन्। 

Skip This
Skip This
Logo