मलेसियामा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

मलेसियामा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

केन्द्रबिन्दु
0
Shares

मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन्।

दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न पनि राजाले आग्रह गरेका छन् । 

प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्ने गरी प्रधानमन्त्रीको उम्मेदवार तय गर्न पनि भनेका छन्।

मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको प्रम यासिनको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसकेका छन् । अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । रासस÷सिन्ह्वा
 

Skip This
Skip This
Logo