तेक्वान्दोकी आयशालाई कास्य पदक

तेक्वान्दोकी आयशालाई कास्य पदक

केन्द्रबिन्दु
0
Shares

तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । विश्व तेक्वान्दो एसियाले भर्चुअल माध्यमबाट आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनिको उमेर समूहमा कास्य पदक जितेकी हुन्।

आयशाले (७.१९) अंकसहित कास्य पदक हासिल गरेकी हुन् । आयशासँगै चाइनिज ताइपेइकी चेनले (७.३४) अंक जोड्दै कास्य जितिन्। मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत पदक हासिल गरिन्। यसअघि पहिलो चरणमा १३ जनाले प्रतिस्पर्धा गरेको यस इभेन्टमा आयशा ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा प्रवेश गरेकी थिइन्। फाइनलमा आफ्नो प्रदर्शन सुधार्दै उनी कास्य जित्न सफल भएकी हुन्।

नेपालबाट यसै प्रतियोगिताको शिशिर श्रेष्ठ, कृष्णबहादुर तामाङ, रेजिन रिमाल, संजिला तिमल्सिना, प्रशंसा क्षेत्री, निता गुरुङ, सिना मादेन, स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, ईश्वर सेढाइ र दीपेन्द्र गुरुङले पनि प्रतिस्पर्धा गरेका थिए। आयशा बाहेक कुनै खेलाडीले फाइनल यात्रा तय गर्न सकेनन्।

Skip This
Skip This
Logo