काभ्रे ।
काभ्रे जिल्लामा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ७२७ पुगेको छ । जस मध्ये ४४७ जना निको भएका छन् ।
जिल्लामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ४ जना, पनौतीका ३ जना, बनेपाका १५, पाँचखालका २ जना, रोशी गाउँ पालिकाका ४ रहेका छन् ।
































प्रतिक्रिया