आइतबार तालिवानले काबुलमाथि कब्जा जमाएपछि त्यसको स्वागत विभिन्न इस्लामी संगठनहरूले गर्न थालेका छन्।
अलकायदाको अरेबियन पेनिनसुलास्थित संगठनले तालिवानले अमेरिकी सेना र असरफ घानीलाई अफगानिस्तानबाट हटाएर काबुललाई नियन्त्रणमा लिएकोमा प्रशंसा गरेको छ।
अलकायदासँग सम्बन्धित अन्य संगठनले पनि तालिवानको विजयलाई स्वागत गरेका छन्। सिरियाको हयात तहरिर अल–शाम र पश्चिमी चीनको तुर्किस्तान इस्लामिक पार्टीले तालिवानलाई अफगानिस्थानमा ‘इस्लामिक राज्य’ कायम गरेकोमा बधाइ दिएका छन्।































प्रतिक्रिया