नेपालमा आज २ हजार ३८२ जना निको भए, २ हजार ७५ संक्रमित थपिए

नेपालमा आज २ हजार ३८२ जना निको भए, २ हजार ७५ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ।

नेपालमा आज २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६५१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४५ हजार ७३१ जना र एन्टीजेन परीक्षणबाट ७९ हजार ९९१ जना पुगेको छ। 

आज ३० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

आज १३ हजार ७५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख २१ हजार २४८ जनाको पिसिआर र ४ लाख २९ हजार ४८२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo