जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको छैटौं मिनेटमा भिन्सिन्जो ग्रिफोले गोल गर्दै फ्रेईवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा रोलान्ड सालाईले गोल गर्दै फ्रेईवर्गलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा फ्रेईवर्गका यान्निक किटेलले आत्मघाती गोल गरे पनि हारबाट जोगिन सकेन । डर्टमण्डको यो पहिलो हार हो भने फ्रेईवर्गको भने यो पहिलो जित हो ।































प्रतिक्रिया