प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता ‍

प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता ‍

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । 

चौथाईवालेले आइतबार राति समाजिक सञ्जालमार्फत् प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेट भएको जानकारी दिएका हुन् । 

भेटमा दुई देशबीचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ । चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएका छन् ।

प्रधानमन्त्री नियुक्ति भएर प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए । 

प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको बेला उनको भेटलाई अर्थपूर्ण रुपमा‍ हेरिएको छ । 

Logo