काठमाडौं ।
नेपाली काँग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय असोज २२ सम्मका लागि सिल गरिएको छ।
पार्टीका केन्द्रीय नेतासहित, सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना भएपछि कार्यालय ५ दिनका लागि सिल गरिएको हो ।
शनिबार सो कार्यालयमा पार्टीका शीर्ष नेताहरुको बैठक बसेको थियो । भोलिदेखि केन्द्रीय सदस्य बैठक बस्ने तय भएको भए पनि सो बैठक पनि कोरोनाका कारण अनिश्चित बनेको छ ।
शनिबार काँग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसी लगायत करिव ५ दर्जन नेताहरुमा कोरोना देखिएको थियो ।































प्रतिक्रिया