राजसंस्था र धर्मका एजेन्डा ‘धन्दा’ मात्र हुन्ः किशोर नेपाल,वरिष्ठ पत्रकार (भिडियोसहित)

राजसंस्था र धर्मका एजेन्डा ‘धन्दा’ मात्र हुन्ः किशोर नेपाल,वरिष्ठ पत्रकार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

किशोर नेपाल, नेपाली पत्रकारिता क्षेत्रमा एउटा परिचित नाम। करिब ५ दशक जति यो क्षेत्रमा बिताएका वरिष्ठ पत्रकार नेपाल जीवनको ७० औं वर्ष पार हुँदा पनि उतिकै सक्रिय छन्। 

पञ्चायतकालदेखि नै यस क्षेत्रमा होमिएका उनले दर्जनौं पत्रपत्रिका तथा पछिल्ला दिनहरुमा टेलिभिजनमा पनि आफ्नो उपस्थिती देखाइसकेका छन्। 'पत्रकारिता क्षेत्र मेरै लागि बनेको जस्तो लाग्छ।'-उनी भन्छन्। 

पछिल्लो पुस्ताका आम पत्रकारहरुका लागि उनको अनुभव एउटा नयाँ र फरक हुने निश्चित छ। 

त्यतिबेलाको पत्रकारिता क्षेत्र र अहिलेको अवस्था नितान्त फरक भएको उनको अनुभव छ। लामो समयसम्म पनि पत्रकारितामा गर्न बाँकी धेरै छ, उनी भन्छन्। हरेक कुराहरु सधैं नयाँ नै हुने भएकाले यसलाई हरेक क्षण अपडेट गराउँदै जानु पर्ने उनको धारणा छ। 

केन्द्रबिन्दु टेलिभिजनले विगत केही हप्तादेखि पत्रकारितामा लामो समय बिताएका व्यक्तिहरुसँगको अनुभवहरु प्रस्तुत गर्न सुरु गरेको छ। यस पटक हामीले वरिष्ठ पत्रकार किशोर नेपालसँग कुराकानी गरेका छौं। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले उनीसँग गरेको कुराकानी यो भिडियोमाः

 

Skip This
Skip This
Logo