लुम्बिनी प्रदेशः वली र शाहीलाई पदमुक्त नगरे एमालेले प्रदेशसभा चल्न नदिने

लुम्बिनी प्रदेशः वली र शाहीलाई पदमुक्त नगरे एमालेले प्रदेशसभा चल्न नदिने

केन्द्रबिन्दु
0
Shares

एमालेले लुम्बिनी प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई सांसदबाट नहटाएसम्म प्रदेशसभा चल्न नदिने भएको छ।

सोमबार सभामुखलाई पत्र बुझाउँदै एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले भने,‘शाही र वलीलाई कारवाही नगरेसम्म हामी संसद चल्न दिदैनौं ।’

नेकपा एमालेले सभामुखलाई बुझाएको पत्रमा लुम्बिनी प्रदेश संसदीय दलले सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदलाई पदबाट नहटाएसम्म प्रदेशसभा चल्न नदिने उल्लेख गरिएको छ।

‘स्वतन्त्र राजनीतिक समूहका तर्फबाट सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाही र नेकपा छँदा एमाले कोटाबाट चुनाव जितेकी विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्नुपर्छ नभए हामी सांसद चल्न दिँदैनौं’ पूर्वमन्त्री चेतनारायण आचार्यले बताए। एमाले प्रमुख सचेतक भूमीश्वर ढकालसहितको टोलीले सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई लिखित पत्र बुझाएको छ। 

एमालेले शाही र वलीले दलको आचारसंहिता, विधान र ह्विप उल्लंघन गरेको भन्दै पदमुक्त गर्न भदौ १ गते पनि सभामुखलाई पत्र बुझाएको थियो। 

त्यसयता एमालेले नियमित प्रदेशसभा अवरुद्ध गर्दै आएको छ। प्रदेशसभा सचिवालयले भदौ ६ मा पत्रमार्फत नेकपा एमालेले कारबाही गरेका ती सांसद पदमुक्त नहुने बताएको थियो।

एमालेले सभामुखको उक्त निर्णय अवैध र गैरकानुनी रहेको जनाउँदै आएको छ।

Skip This
Skip This
Logo