लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । 

लुम्बिनी प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा उनको पक्षमा ४२ मत खसेको थियो । 

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीका अनुसार खसेको मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको अनुपातले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भयो । 

नेकपा एमालेले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठक वहिष्कार गरेका कारण प्रस्तावको विपक्षमा एक मत पनि खसेन । एक जना भने तटस्थ रहे । 

मुख्यमन्त्री केसीलाई माओवादी, काँग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।
 

Skip This
Skip This
Logo