पार्टी महाधिवेशनमा एकापसमा नलडौं, आमनिर्वाचनको तयारी गरौंः महत

पार्टी महाधिवेशनमा एकापसमा नलडौं, आमनिर्वाचनको तयारी गरौंः महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको धारणा राखे।

सहमहामन्त्री महतले कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए । साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताउँदै आगामी आमनिर्वाचन महत्वपूर्ण भएकाले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने विचार राखे। 

महतले भने, ‘सत्तामा जनताको पक्षमा काम गर्नको लागि जाने हो । त्यो हाम्रो मूल लक्ष्य हो, अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँट विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै हो ।’

उनले कम्युनिष्ट सरकारले नभएको कुरा बोलेका कारण नेपालमा बाहिरीको चियो चर्चा धेरै हुन थालेको समेत आरोप लगाए । साथै, नेपालले आफ्नो देशको स्वार्थ र आवश्यक्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

Skip This
Skip This
Logo