ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍योः माधव नेपाल

ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍योः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन्। 

काठमाडौंकाे चन्द्रागिरी हिल्स रिसाेर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरुलाई एमाले फर्कन ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रस्टीकरण दिएका हुन्। 

‘ओलीकोसामु घुँडा टेकेर बस्नुपर्थ्याे ’, उनले भने, घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नु परेको हो ।’अब आफ्नो पार्टीले अरु वामपन्थी दलहरुसँग एकता गरेर मुलुक र जनताको हितमा काम गर्ने उनको भनाइ छ। 

एमालेबाट विभाजन भएर नेता नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले भोलि बुधबार सनाखतका लागि उनीहरुलाई कार्यालयमा बोलाएको छ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo