तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पछिल्लो हप्ता तालिवानलाई उदार समूहका रूपमा चित्रण गर्न खोजेका भए पनि वास्तविकता त्यस्तो नरहेको सिएनएनले जनाएको छ।
सिएनएनले तालिवानले अमेरिकी सैनिकलाई अनुवादकका रूपमा सहयोग गर्ने मानिसका भाइलाई मृत्युदण्डको सजाय दिने भन्दै लेखेको चिठी आफूलाई प्राप्त भएको जनाएको छ।
सो दण्ड सुनाइएका भनिएका व्यक्तिलाई तीन पटक तालिवानले पत्र लेखेको सिएनएनले जनाएको हो। सिएनएनको अनुवाद अनुसार हातले लेखिएको पहिलो पटकको पत्रमा ती मानिसलाई अभियोग लगाई सुनुवाईका लागि उपस्थित हुन भनिएको छ।
हातले लेखिएको दोस्रो पत्र उनी उपस्थित हुन नसकेपछि लेखिएको छ। टाइप गरिएको तेस्रो पत्रमा भने उपस्थित हुन नसकेकाले स्वतः आरोप सिद्ध भएको भन्दै मृत्युदण्डको घोषणा गरेको छ।
ती मानिसलाई तालिवानले पछिल्ला तीन महिनाभित्र ती पत्र पठाएकोे छ। सुरक्षाका लागि भन्दै ती अनुवादक र तिनका भाइको नाम सिएनएनले खुलाएको भने छैन।
‘अफगानिस्तानमा कसैलाई पनि हानी पुर्याइने छैन। २० वर्ष अघिका हामी र अहिलेका हामीबीच फरक छ,’ तालिवानका प्रवक्ता मुजाहिदले भनेका थिए। त्यस किसिमको वचन र मृत्युदण्डको पत्रले तालिवानको विरोधाभास स्पष्ट पारेको सिएनएनले जनाएको छ।































प्रतिक्रिया