नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा

नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

शेयर बजार मापक नेप्से अर्थात् पुँजीबजारको नियामक निकाय नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। उनले अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव तथा नेप्सेका अध्यक्ष दीर्घराज मैनालीलाई राजीनामा बुझाएकाे बताए। 

साथै साउदले मंगलबार पत्रकार सम्मेलनमा दिउँसो अर्थ मन्त्रालय पुगेर राजीनामा दिएको जानकारी दिए।

उनी दिनभर कार्यालय बाहिर रहेको र अचानक साँझ पत्रकार सम्मलेन गर्दै राजीनमा गरेका छन्। आजै अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टिकरण सोधेको थियो। 

उनी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाको परिवारले सर्वोत्तमको गोल्डेन शेयर पाएको आरोप लागेको छ।

Skip This
Skip This
Logo