बन्द प्रशिक्षणबाट अभिशेख रिजालसहित ३ खेलाडी आउट

बन्द प्रशिक्षणबाट अभिशेख रिजालसहित ३ खेलाडी आउट

केन्द्रबिन्दु
0
Shares

भारतसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची सार्वजनिक गरेका छन् । पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट गोलकिपर अर्पण कार्की सहित शिशिर लेखी र अभिशेख रिजाललाई टिमबाट हटाइएको छ ।

पहिलो चरणमा ५० खेलाडीलाई क्याम्पमा बोलाएकोमा त्यो सूचीलाई प्रशिक्षक अब्दुल्लाहले विभिन्न चरण गरेर २५ मा झारिएको छ । 

भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम अन्तिम तयारीमा रहेको छ । त्यसपछि नेपालले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्नेछ ।

नेपालले भारतसँग सेप्टेम्बर दुई र पाँचमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टिमले साफमा पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।  नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टिम कोलकाताबाट अगष्टको ३० तारिखमा काठमाडौं पुग्नेछ । 

अक्टोबर १० बाट सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले साविक विजेता माल्दिभ्सपछि दोस्रो खेलमा श्रीलंका तेस्रो खेलमा भारत र लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन । 

Logo