अवैध लागूऔषधसहित ९ जना पक्राउ

अवैध लागूऔषधसहित ९ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देहीकाे मायादेवी गाउँपालिका-८ पानी ट्याङ्की स्थितबाट करिब ५ केजी ५०० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-८ लखनचोक बस्ने २५ बर्षीय अफताव खान र गुल्मी रुरु गाउँपालिका-२ बस्ने २५ बर्षीया लक्ष्मी कुवंर रहेका छन् । 

सुनसरीकाे धरान उपमहानगरपालिका-१० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-३ बस्ने २४ बर्षीय मो.नुरदिन र सप्तरी राजविराज नगरपालिका-११ बस्ने ३० बर्षीय वर्मदेव चौधरी छन् । 

यसैगरी सुनसरीकै बराहक्षेत्र नगरपालिका-३ बाङ्गे नडाह सडक खण्डबाट ७ ग्राम ४३० मिलिग्राम खैरो हेरोईन सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

Skip This
Skip This
Logo