माधव समूहका ५८ मध्ये ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, काफ्ले आयोगमै गएनन्

माधव समूहका ५८ मध्ये ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, काफ्ले आयोगमै गएनन्

केन्द्रबिन्दु
0
Shares

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ।

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार बुधवार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन। आयोगमा गत साता बुझाएको सूचीमा हस्ताक्षर गरेका नेताहरु मध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन्। 

नेकपा एमाले विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन। सुरुको सूचीमा हस्ताक्षर नगरेका कारण उनीहरुले हस्ताक्षर गर्न नपाएका हुन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo