महन्थको पक्षमा १४ सांसद, १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण

महन्थको पक्षमा १४ सांसद, १७ केन्द्रीय कार्यकारिणी सदस्यको हस्ताक्षर प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन्।

निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण गरेका हुन्।

‘आज निर्वाचन आयोगमा १४ जना संघीय सांसद र १७ जना कार्यकारिणी सदस्यको उपस्थित रहेको छ’ कार्यकारी सदस्य केशव झाले न्युज कारखानासँग भने । 

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले आधिकारिकता पाएपछि महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वमा आज आयोगमा अलग पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्न सनाखत गरेका हुन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo