एमाले कर्कलाको पातमा राखिएको पानी होइन, खत्रक्क झर्नेः ओली

एमाले कर्कलाको पातमा राखिएको पानी होइन, खत्रक्क झर्नेः ओली

केन्द्रबिन्दु
0
Shares

एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाएका छन् । 

अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कलै झूट बोलेको दावी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिए ।

बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दावी समेत गरे । 

आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो, ‘यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउथ्यो ? यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो यो देश खत्रक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने ? यो अध्यादेश, यो बितण्डा, असंवैधानिक क्रियाकलाप, यो अनैतिक कार्य नहुँदा देश जोगिदैन ?’ 

आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दावी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दावी समेत गरे । उनले भने, ‘पुनर्निर्माणको काम जहाँ पुगेको छ, त्यही ठप्प छ । विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरु मात्रै चालु छन् । अरु नयाँ कामहरु हुनेवाला छैन ।’

अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचनासमेत गरे । उनले लोकतन्त्रका लागि लडेका प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा व्यक्तिका लागि कानुन बनाउने जस्तो काम गरेकोमा आफू आश्चर्यचकित भएको टिप्पणी गरे । अध्यक्ष ओलीले भन्नु भयो, ‘एउटा व्यक्तिलाई सजिलो बनाउनका लागि कानुन निर्माण गर्दै जाने ? 
 

Skip This
Skip This
Logo