लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौ जना खेलाडी योगदान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन्।
जसअनुसार पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर एन्फा राष्ट्रिय टिममा पर्न सफल भएका छन्।
स्वर्गीय शेरबहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबलको प्रशिक्षणमा रहेका अधिकांस खेलाडी राष्ट्रिय टिममा परेका हुन्।
चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नुरराज काफ्लेकाअनुसार राष्ट्रिय टिममा विभिन्न विभागीय टोलीसहित २३ जनाले खेल्न पाउनेमा रौतहटबाट मात्र नौजना छनौट हुनु गर्वको विषय भएको प्रतिक्रिया दिए।
पछिल्लोपटक सार्वजनिक सूचीअनुसार राष्ट्रिय टिममा पर्नेहरु सबै रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए।
उनकाअनुसार एन्फाको महिला टिममा मात्रै होइन, अन्य विभागीय टिममा पनि रौतहटका महिला फुटबलरहरुको संख्या बढेको छ। रौतहट सबैभन्दा बढी महिला फुटबलर उत्पादन गर्ने जिल्लाको रुपमा प्रख्यात छ।न्युज कारखानाबाट































प्रतिक्रिया