हेलम्बु-मेलम्चीका बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

हेलम्बु-मेलम्चीका बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

केन्द्रबिन्दु
0
Shares

हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ। आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिए।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङ्पाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाइँले बताए। बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो। खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ।
 
फरार व्यक्ति १७ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको ०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका बाह्रबिसे नगरपालिका–९ बस्ने  ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार  प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो।
 
श्रेष्ठलाई पक्राउ गरि कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले  श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।रासस

Skip This
Skip This
Logo