पाँच दलीय गठबन्धन अगाडि बढ्छ, अब हामी सरकारमा जान्छौंः माधव नेपाल

पाँच दलीय गठबन्धन अगाडि बढ्छ, अब हामी सरकारमा जान्छौंः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए।

‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिकरूपमा पाँच दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

नेकपा एमालेमा भएका अर्बौंका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि, गर्दैन भन्ने प्रश्नमा उनले कानुनअनुसार अगाडि बढ्ने बताए।

‘कानुनमा के छ हेरौंला। दाबा गरौंला। होइन भने म निर्माण गर्न सक्छु,’  उनले भने, ‘म निर्माण गर्ने अरू ध्वंश गर्ने हुन्।’ उनले पार्टी पदाधिकारी राष्ट्रिय सम्मेलनबाट गठन गरिने जानकारी दिए।

Skip This
Skip This
Logo