मिसावट देखिएपछि १६ लाख डोज मोडर्ना खोप रद्द

मिसावट देखिएपछि १६ लाख डोज मोडर्ना खोप रद्द

केन्द्रबिन्दु
0
Shares

मिसावटको जोखिम देखाउँदै जापान सरकारले १६ लाख डोज मोडर्ना खोप रद्द गरेको छ। ५ लाख ६० हजार डोजमा मिसावटको आशंका पछि १६ लाखभन्दा बढी खोप रद्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मोडर्नाले जापानमा खोप विक्री तथा वितरण गर्दै आएको ताकेदा फार्माक्युटिकल कम्पनीलाई यसअघि नै साबधानी अपनाउन भन्दै केही थान खोप होल्ड गर्न अनुरोध गरेको थियो। तर, मोडर्नाले खोपको प्रभावकारिता र सुरक्षासम्बन्धी कुनै समस्या देखा नपरेको दाबी गरेको छ।

मिसावटबारे चाँडै नै ताकेदा र अन्य नियामक कम्पनीसँग मिलेर अनुसन्धान गर्ने मोडर्नाले जनाएको छ। खोपमा के मिसावट भएको थियो भन्ने बारेमा केही खुलेको छैन्, तर ताकेदाले ‘विषय बस्तु’ भन्दै आपतकालिन परीक्षण गरेको जनाएको छ। 

जापानको टाइम्स पत्रिकाका अनुसार अन्य सात वटा खोप केन्द्रमा पनि मिसावट देखिएको छ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo