ओलीभन्दा भिन्न संस्कारको पार्टी बनाउँछौंः माधव नेपाल

ओलीभन्दा भिन्न संस्कारको पार्टी बनाउँछौंः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । 

बुधवार एमाले विभाजन गरी नेकपा (एस) गठन गरेका अध्यक्ष नेपालले बिहीवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त हुँदै आफूहरुको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । 

उनले ओली दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढीकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद विघटन गरी प्रतिगामी कदम चालेको तथा तत्कालीन नेकपा र नेकपा (एमाले) विभाजनमा उद्यत रहेको भन्दै ओली गुटको भ्रमबाट मुक्त भई छुटकारा पाउन आफ्नो पार्टीमा आउन आग्रह गरे । 

अध्यक्ष नेपालले केपी शर्मा ओलीले माक्र्सवादी मुल्य, मान्यतालाई तिलाञ्जली दिदैँ व्यक्तिवादमा डुबेपछि आफूहरु विद्रोह गर्न बाध्य भएको बताए । पार्टीलाई निजी कम्पनीजस्तो बनाएको, जनताको बहुदलीय जनवादको मूल्य मान्यता त्यागेको तथा आफूपक्षीय नेताहरुलाई एमालेबाट निष्काशन गरेपछि त्यसकाविरुद्ध विद्रोह गर्नुको विकल्प आफुहरुसँग नभएको स्पष्ट पारे ।

अध्यक्ष नेपालले पार्टी विभाजनमा आफ्ना केही सहयोद्धाहरुले साथ नदिएकोमा कुनै गुनासो नभएको प्रतिक्रिया दिए । लामो यात्रामा जाँदाखेरी केही साथीहरु बिचैमा थाकेको भन्दै उनले फेरी पनि ती सहयोद्धाहरु समावेश हुन सक्ने बताए । 

अध्यक्ष नेपालले सबै वामपन्थी, लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडी बढ्ने बताए। उनले भने, ‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौँ । पाँच दलीय गठबन्धन अगाडी बढाउने छौँ ।’

उनले आफूहरु विद्रोही चेतका साथ अगाडि बढ्ने बताए । पुरानो लिकमा नजाने भन्दै अध्यक्ष नेपालले ओलीको संस्कारभन्दा भिन्न संस्कारको पार्टी बनाउने बताए । 
    

Skip This
Skip This
Logo