लोसपाले आफूपक्षीय जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने

लोसपाले आफूपक्षीय जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ । 

बिहीवार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ । 

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए । 

झाले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । 

सदस्य झाले आफूहरु दलबिहीन भएको अवस्थामा पार्टी विभाजनसम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको पनि बताए । 
 

Logo