टोटेनह्याम हटस्परले युरोपा कन्फ्रेन्स लिग (इसिएल) मा पाकोस डि फेरेइरामाथि सहज जीत दर्ता गरेकाे छ ।
टोटेनह्यामले घरेलु मैदानमा भएको दोस्रो लेगमा पाकोसलाई ३–० ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै युरोपको क्लब फुटबलको नयाँ लिग इसिएलको समुह चरणमा स्थान पक्का गरेको हो ।
यो जितसँगै टोटेनह्यामले पहिलो लेगमा भोगेको हारको बदला लिन सफल भएको छ । पहिलो लेगमा टोटेनह्याम १–० ले पराजित भएको थियो ।
टोटेनह्याम हटस्पर स्टेडियममा बिहीबारराति भएको खेलको नवौं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिएको थियो ।
३५औं मिनेटमा केनले दोस्रो गोल गरेपछि टोटेनह्यामले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ७०औं मिनेटमा जियोभानी लो सेल्सोको गोल गर्दै टोटेनह्यामलाई ३–० को सहज जीत दिलाए ।































प्रतिक्रिया