काभ्रे ।
काभ्रे जिल्लामा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ६९९ पुगेको छ ।
जस मध्ये ४४६ जना निको भएका छन् । जिल्लामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ८ जना, पनौतीका २ जना, बनेपाका १२, पाँचखालका २ जना, मण्डनदेउपुरका १ र चौरी गाउँ पालिकाका १ रहेका छन् ।
































प्रतिक्रिया