क्रिकेट प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजीनामा

क्रिकेट प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। 

शुक्रबार भारतीय समाचार संस्था न्यूज नाइनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको हो । न्यूज नाइनले ह्वाटमोरको व्यवस्थापक कम्पनी फर्स्ट स्पोर्टस इभेन्ट वानलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि गरेकाे छ। 

हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। यस बिषयमा क्यानलेसमेत आधिकारिक धारणा राखेको छैन।

ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि ओमानमा रहेको नेपाली टिमको प्रशिक्षण दिइरहेका बेला उनको राजीनामाको कुरा सार्वजनिक भएको हो।  

गत डिसेम्बरमा खुल्ला छनोटबाट १ वर्षका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन भएका अनुभवी प्रशिक्षक ह्वाटमोर करिब एक महिनापछि मात्रै नेपाल आएका थिए। ह्वाटमोर नेपाल आएको नौ महिनामा नै छोड्ने निर्णयमा पुगेका हुन्। उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ। 

ह्वाटमोर आएपछि नेपालले पहिलो पटक विदेशी भूमिमा प्रतियोगिता खेल्न लागेको छ। उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेको थियो। जसमा नेपाल च्याम्पियन नै बनेको थियो। न्युज कारखानाबाट

Skip This
Skip This
Logo