जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले होफेनहाइनमाथि ३–२ को रोमाञ्चक जीत दर्ता गरेकाे छ ।
सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएकाे हाे । खेलको ४९औं मिनेटमा जियोभानी रेनाको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । ६१औं मिनेटमा क्रिस्टोफ बोउमगार्टनरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६९औं मिनेटमा अघिल्लो गोलमा असिस्ट दिएका जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई पुनः २–१ को अग्रता दिलाए । तर, निर्धारित समयको अन्तिम मिनेटमा मुनास डाबुरले गोल गर्दै पुनः होफेनहेमलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
अन्ततः एर्लिङ हालान्डले इन्जुरी समयमा गोल गर्दै डर्टमन्डको जीत सुनिश्चित गरे । जीतसँगै ३ खेलमा ६ अंक जोडेको डर्टमन्ड अंक तालिकाको शीर्षनमा उक्लिएको छ ।





























प्रतिक्रिया