छोटो समयमै उत्कृष्ट र लोकप्रिय समृद्धि स्कुलमा गुणस्तरिय शिक्षा (भिडियोसहित)

छोटो समयमै उत्कृष्ट र लोकप्रिय समृद्धि स्कुलमा गुणस्तरिय शिक्षा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

विद्यार्थीलाई एक्काइसौं शताब्दी सुहाउँदो प्रविधिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य उद्देश्यसहित २०७४ साल वैशाखमा समृद्धि स्कुल स्थापना भएको हो।

अहिलेसम्म ‘प्लस टु’को तीन ब्याच मात्र सञ्चालन गरेको यो शैक्षिक संस्थाले छोटो समयमै उत्कृष्ट सफलता हासिल गरेको छ। हाल कक्षा ११ र १२ मा गरी यहाँ ७ सय ३० जना विद्यार्थी अध्ययनरत छन्। सन् २०२० मा कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएर यो संस्था ‘स्कुल अफ द इअर’ भएको थियो। साथै, यो स्कुल राइजिङ स्कुल अवार्ड, ब्रिटिस काउन्सिलको अन्तर्राष्ट्रिय स्कुल अवार्डसमेत  प्राप्त गर्न सफल भएको छ।

४२ जना मात्र विद्यार्थीबाट सुरु गरिएको यो स्कुलले २०७५ सालदेखि कक्षा ११ को पढाइ थालनी गरेको थियो। ‘पहिलो वर्षमै २ सयभन्दा बढी विद्यार्थी भर्ना हुन आए, जुन हाम्रो अपेक्षाभन्दा धेरै थियो। अहिले हामीसँग करिब १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्,’ समृद्धि स्कुलको प्रगति सुनाउँदै  प्राचार्य नरेशप्रसाद श्रेष्ठ बताउँछन्।

यो शैक्षिक संस्थाबाट ‘प्लस टु’कोे एउटा मात्र ब्याच पास आउट भए पनि  नतिजा उत्कृष्ट नै रहेको श्रेष्ठको भनाइ छ। 

गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री वातावरण र मल्टिमिडिया शिक्षण विधिसहितको इ–लर्निङ सुविधा, सुविधासम्पन्न डिजिटल कक्षाकोठा, आध्यात्मिक शिक्षा, सामूहिक अध्ययन एवं प्रयोगात्मक शिक्षा र शैक्षिक भ्रमणलाई समृद्धि स्कुलले विशेष महत्व दिएको छ।

‘शिक्षण सिकाइ प्रणालीलाई प्रभावकारी बनाउन नयाँ–नयाँ प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आएका छौँ,’ प्राचार्य श्रेष्ठले भने। समृद्धि स्कुलमा व्यवस्थापन संकायका होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एन्ड टुरिजम्लगायत विषय अध्यापन हुन्छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Logo