प्रयोगात्मक शिक्षामा जोड दिंदै काठमाडौँ मोडल कलेज (भिडियोसहित)

प्रयोगात्मक शिक्षामा जोड दिंदै काठमाडौँ मोडल कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजका आवश्यकता हुन्। यिनै आवश्यकतालाई केन्द्रमा राखेर काठमाडौँ मोडल कलेज २१ वर्षदेखि सञ्चालनमा रहेको छ। 

बागबजारस्थित काठमाडौं मोडलमा ‘प्लस टु’अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ। सन् २००० मा स्थापना भएको काठमाडौं मोडल कलेज सन् २०१७ मा देशभरिकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा शिक्षा मन्त्रालयबाट पुरस्कृत भएको थियो। 

विश्वविद्यालयका प्रवेश परीक्षामा काठमाडौँ मोडलका विद्यार्थीले पाएको निरन्तर सफलता र छात्रवृत्तिले यसलाई गुणस्तरीय संस्थाका रूपमा अझ थप स्थापित गरेको छ। 

काठमाडौँ मोडलको सफलताबारे धारणा राख्दै प्राचार्य डा. नगेन्द्र अर्याल भन्छन्, ‘अभिभावक र विद्यार्थीको माया, अनुभवी शिक्षकहरुको टीम र मेहनत तथा कुशल व्यवस्थापक र विद्यार्थीहरुको अथक मेहनतको कारण हाम्रो कलेज स्थापनाकालदेखि निरन्तर सफलताको उकालो यात्रामा छ।’ 

अन्तक्र्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने काठमाडौँ मोडलमा सुविधायुक्त छात्राबासका साथै उत्कृष्ट शिक्षण टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीले काठमाडौं मोडल रोज्ने गरेका छन्। 

विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजा नै हाम्रो सफलता हो। ‘अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो,’ प्राचार्य डा. अर्यालले भने।

अहिले यस कलेजमा करिब चार हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन्। स्थापनाकालदेखि अहिलेसम्म विद्यार्थीहरुले प्लस टुको बार्ड परीक्षामा अत्यन्त उत्कृष्ट नतिजा हासिल गरिरहेका छन्। प्रायः प्रत्येक वर्ष केएमसीका विद्यार्थी बोर्ड टपर भएर निस्किरहेका छन्। 

केएमसी कलेजले ‘गुणस्तरीय शिक्षाको माध्यमबाट शैक्षिक उत्कृष्टता’ भन्ने नारा तय गरेको थियो। विद्यार्थीले ल्याएको नतिजाले यो नारा साबित गर्दे अगाडि बढिरहेको डा. अर्याल बताउँछन्। 

कलेजको मुख्य विशेषता भनेको यहाँको कुशल व्यवस्थापन, अत्यन्तै सुविधासम्पन्न र सेवायुक्त भौतिक पूर्वाधार, अनुभवी शिक्षकको समूह, मेहनती विद्यार्थी र यहाँको अनुशासित शैक्षिक वातावरण नै हो। 

कक्षाकोठाको निरन्तर पढाइ तथा राष्ट्रिय परीक्षा बोर्डको उत्कृष्ट नतिजाका साथै त्यसभन्दा पछाडिको उच्चशिक्षामा समेत विद्यार्थीले आफूले चाहेको क्षेत्रमा ढोका खोल्न सकून भन्ने कुरामा कलेजले चासो दिने गरेको अर्यालको भनाइ छ। ‘नियमित पढाइका साथै अतिरिक्त प्रवेश परीक्षाका कक्षा सञ्चालन गरिन्छन्, शनिबारका कक्षा, नियमित कक्षा अगाडि वा पछाडिको समयमा सञ्चालन गरिने कक्षा कलेजका मुख्य आकर्षण हुन्,’ अर्याल भन्छन्।       

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Logo