प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर, मन्त्रीकै असन्तुष्टि

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर, मन्त्रीकै असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। जिम्मेवारी हेरफेरप्रति विजय यादवले भने असन्तुष्टि जनाएका छन्। 

प्रदेश सरकारको कामकारबाहीलाई चुस्तदुरुस्त बनाउन मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको निर्वतमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।न्युज कारखानाबाट

Skip This
Skip This
Logo