महाकवि देवकोटाको घर भत्काइसकेपछि सर्वोच्चले दियाे नभत्काउन अन्तरिम आदेश

महाकवि देवकोटाको घर भत्काइसकेपछि सर्वोच्चले दियाे नभत्काउन अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको हो।

काठमाडौंको मैतीदेवीमा रहेको महाकवि देवकोटाको घर भत्किसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। देवकोटाको घर पुरानो र ऐतिहासिक भएकाले संरक्षण र समन्वय गर्न सर्वोच्च अदालतले आदेश गरेको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरिसकेको छ। देवकोटाको घरमा पुरातात्त्विक महत्त्वका सामाग्री राखिएको हुन सक्ने भन्दै पुरातत्त्व विभागसँग समन्वय गरेर मात्र घर भत्काउन सर्वोच्चले भनेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानलगायतलाई विपक्षी बनाई सर्वोच्चमा देवकोटाको घर भत्काइसकेपछि रिट निवेदन दर्ता भएको थियो।न्युज कारखानाबाट

Skip This
Skip This
Logo