विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले स्थापित शैक्षिक संस्था हो काठमाडौँ वर्ल्ड स्कुल। भक्तपुर सूर्यविनायक नगरपालिकाको गुण्डुमा अवस्थित यस स्कुलमा कक्षा १ देखि ५ सम्म बेलायतको इन्टरनेसनल प्राइमरी ‘करिकुलम’ अनुसार पढाइ हुन्छ।
तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको यस स्कुलले ‘ए लेभल’ का साथै नेपाल परीक्षा बोर्डको पाठ्यक्रम अनुसार ‘प्लस टु’मा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ। स्थापनाकालदेखि नै ‘प्लस टु’ को अध्यापन गराइरहेको यस संस्थाबाट उत्कृष्ट नतिजासहित एउटा ब्याच ‘पासआउट’ भइसकेको छ। दोस्रो ब्याचले पनि उत्कृष्ट नतिजा ल्याउनेमा ढुक्क रहेको स्कुलका प्रिन्सिपल केशरबहादुर खुलाल बताउँछन्।
स्वच्छ र शान्त वातावरणमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि एकदमै उपयुक्त शैक्षिक संस्था हो–काठमाडौं वर्ल्ड स्कुल।
भौतिक, शैक्षिक र प्राविधिक सुविधामा कुनै कसर बाँकी नराखेको यो स्कुलमा सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, तीमध्ये २ सय १८ विद्यार्थी ‘प्लस टु’ मा अध्ययनरत छन्।
सूर्यविनायक नगरपालिकाले समेत यस स्कुललाई विशिष्ट श्रेणीको शिक्षण संस्थाका रूपमा सूचीकृत गरेको छ। अब्बल भौतिक संरचना र विद्यार्थीका लागि अत्याधुनिक सुविधा रहेको यो स्कुलमा निम्न, मध्यम र सम्पन्न वर्गका विद्यार्थी अध्ययनरत छन्।
यो स्कुल ‘प्लस टु’ प्रोग्राम चलाउने अन्य संस्थाभन्दा पृथक छ। यस स्कुलको भौतिक तथा शैक्षिक संरचना अन्तर्राष्ट्रियस्तरको रहेको छ।
विद्यार्थीले कक्षामा ज्ञान हासिल गरेको ज्ञान मात्र यथेष्ठ नहुने भएकाले उनीहरूले अतिरिक्त क्रियाकलापबाट सिक्नुपर्ने स्कुलको भनाइ छ। ‘बाहिर सिक्नुपर्ने धेरै कुरा हुन्छन् र, त्यसका लागि हामी आवश्यक वातावरण सिर्जना गर्छौ,’ खुलालले भने।
शिक्षकले कक्षामा पढाउने मात्र नभई त्यसभन्दा बाहिर विद्यार्थीले सहयोग मागे जुनसुकै बेला उनीहरूलाई सहयोग दिन तत्पर रहनुपर्ने प्रिन्सिपल खुलालको भनाइ छ।
यसको साथै यस स्कुलले विद्यार्थीहरूको करिअर काउन्सिलिङमा एकदमै जोड दिएको छ। ‘भोलि कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने विषयमा कलेजले विद्यार्थीलाई हरबखत गाइड गरिरहेको छ,’ प्रिन्सिपल खुलालले भने।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला































प्रतिक्रिया