‘संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन्’ : अध्यक्ष यादव

‘संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन्’ : अध्यक्ष यादव

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन् । पार्टीको अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि संशोधन गरी प्राप्त उपलब्धि संस्थागत गर्नुपर्नेमा जोड दिए।

मुलुकका पुराना शक्ति काँग्रेस र कम्युनिष्ट असफल भइसकेको विचार व्यक्त गर्दै उनले मधेशमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको बताए ।

अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको पनि बताए। भेलामा पार्टीका नेता तथा प्रदेश नं २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

यसअघि शुक्रबार नै अध्यक्ष यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही पुगेर दिवङ्गत पूर्वसांसद हरिप्रसाद रायलाई श्रद्धाञ्जली दिए। विसं २०४८ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित राय मधेश आन्दोलनका क्रममा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेश आन्दोलनमा होमिएका थिए। रायको गत आइतबार उपचारका क्रममा निधन भएको थियो ।रासस

Skip This
Skip This
Logo