देउवा सरकार ‘टालाटुली बाटुली’: ईश्वर पोखरेल

देउवा सरकार ‘टालाटुली बाटुली’: ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिएका छन् । 

महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दावी समेत गरे । सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढ्ने पनि बताए । 

महासचिव पोखरेलले भने, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ ।’

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गरे ।

पोखरेलले पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताए । उनले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको जनाए । परिस्थितिको ख्याल गरेर आफू अघि बढने उनको भनाई थियो । 
 

Skip This
Skip This
Logo