हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छः सुनिल क्षेत्री (कप्तान, भारतीय फुटबल टोली)

हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छः सुनिल क्षेत्री (कप्तान, भारतीय फुटबल टोली)

केन्द्रबिन्दु
0
Shares

नेपालसँग तय भएका दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली सोमबार नेपाल आइपुगेको छ। विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए। प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे। नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित अंश यस्तो रहेको छ।

नेपालमा आएर मैत्रिपूर्ण खेल खेल्दै हुनुहुन्छ। साफ अगाडिको तयारी खेललाई कसरी लिनु भएको छ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौं। मैत्रिपूर्ण खेल खेल्न नेपालसँग त्यहि सहज छैन। नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु। यसको निकै महत्व छ। अहिले कोभिडका कारण अवस्था कठिन छ। यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालीटि दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौं। मैत्रिपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ?

यस अघि पनि नेपालसँग खेलेका छौं। नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो। पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ। एएफसीमा आर्मीले राम्रो गरेको छ। नेपालले सधैं राम्रो खेल्ने गर्छ। अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ। राम्रो गर्ने टोली छ।

अहिलेको अवस्थामा कोरोना ब्याप्त छ। कठिन अवस्थामा पनि भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ?

अहिले हाम्रो अवस्था निकै कठिन छ। कठिन तरिकाले हामी अगाडि बढिरहेका छौं। किनभने भने हाम्रो लिग खतम भइसकेको छ। दुई क्लबले मात्र अभ्यास गरिरहेका छन्। साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन्। दुई हप्तादेखि तयारी गरेका छौं। सिनियर खेलाडी पनि कमै मात्र छन्। नेपालसँग हुने दुई मैत्रिपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन्। यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो। 

अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन्। दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन्। जसका कारण हामी समयमा नै अभ्यास थाल्न सकेनौं। जुनियर खेलाडी टोलीमा समावेश भएका छन्। उनीहरुको प्रदर्शनबाट कोच सन्तुष्ट छन्। राम्रो भन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ। म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ। कोचलाई मात्र थाहा छ, को खेलाडी खेलाउने को खेलाडीलाई नखेलाउने भन्ने।

सुनिल क्षेत्रका फ्यान नेपालमा पनि धेरै हुनुहुन्छ। नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ?

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ। एउटै भाषा छ। हजूरबा, हजूरआमा यहीबाट हुनुहुन्थ्यो। ममी पनि यहीँबाट हुनुहुन्छ। यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ। सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ। बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ। नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

Skip This
Skip This
Logo