गायिका विष्णु माझीको ‘चरी जेलैमा’ करोड क्लबमा प्रवेश (भिडियोसहित)

गायिका विष्णु माझीको ‘चरी जेलैमा’ करोड क्लबमा प्रवेश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायिका विष्णु माझीको स्वर रहेको तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा १ करोड बढी भ्यूज कमाएको छ। दुई हप्तामै यस गीतले युट्युबमा १ करोड बढी भ्यूज बनाएको हो।

युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ। ‘चरी जेलैमा’मा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ। यस गीतमा विनोद बाजुरालीको एरेन्ज र महिमा आचार्यको कोरस गायन रहेको छ।

सुन्दरमणिले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालले अभिनय गरेकी छिन्। शिव बिकको कोरियोग्राफी रहेको चरी जालैमा गीतका शब्दहरु सरल र मार्मिक छन्। पछिल्लो समय टिकटकमा पनि यस गीतले निकै चर्चा पाएको छ।

 

Skip This
Skip This
Logo