सोमबार कारोबार बन्द रहेको नेप्से मंगलबार बजार राताम्मे भएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २ हजार ९७५.८४ अंकमा सीमित भएको छ ।
मंगलबार कारोबारमा आएका २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आजको कारोबारमा १३ वटा उपसमूह तर्फका सबैमा भारी गिरावट आएको छ । सबैभन्दा बढी रुरु जलविद्युत् परियोजना, माउन्टेन हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, सिभिल लघुवित्तलगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।
कर्णाली विकास बैंक, मनकामना स्मार्ट लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।































प्रतिक्रिया