धादिङ जिल्ला अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

धादिङ जिल्ला अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

धादिङ ।

धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् ।

अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् । अस्पतालको आकस्मिक , ज्वरो क्लिनिक र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। असोज ७ गतेदेखि १२ गतेसम्म पनि अस्पतालका सेवा बन्द भएका थिए ।

नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । जिल्लामा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।रासस

Logo