प्रतिभाको प्लेटफर्म ‘नोबेल एकेडेमी’ कलेज (भिडियोसहित)

प्रतिभाको प्लेटफर्म ‘नोबेल एकेडेमी’ कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नयाँ वानेश्वरमा अवस्थित नोवेल एकेडेमीले लामो र गौरवमय शैक्षिक इतिहास बनाएको छ। नोबेल एकेडेमी यस्ता थोरै शैक्षिक संस्था मध्येमा पर्छ, जसले पूर्व प्राथमिकतहदेखि स्नातकोत्तरसम्मको कार्यक्रम सञ्चालन गर्छ । नेपालमा निजी क्षेत्रमा सबैभन्दा वढी कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्था पनि नोवेललाई नै मानिन्छ । कम शुल्कमै स्तरिय शिक्षा पाइने नोबेलले जेहेन्दार, गरिब, पिछडिएको विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति दिँदै आएको छ । 

अध्ययनका विषय
स्कुल लेभलदेखि प्लस टु हुँदै स्नातक तहसम्म अध्ययन अध्यापन हुने नोवेलमा विभिन्न विषयमा अध्ययन गर्न सकिन्छ । खासगरी उच्च माध्यामिक तहमा मानविकी, विज्ञान र व्यवस्थापन संकायको पढाई हुन्छ । 

भौतिक पूर्वाधार
उच्च सुविधायुक्त पुस्तकालय, विज्ञान ल्याव, कम्प्युटर ल्यावको सुविधा छ, यस कलेजमा । त्यस्तै होस्टल, क्यान्टिन र यातायातको पनि राम्रो र सुलभ व्यवस्था गरिएको छ । 

२० वर्ष अघिदेखि सफलतापूर्वक उडान भरिरहेको नोवेल एकेडेमीप्रति विद्यार्थी र अभिभावकको गहिरो रुची देखिन्छ । २०६१ को एसएलसी वोर्डमा पाँचौं स्थान हासिल गरेका नोवेलकै विद्यार्थी प्रशान्त खरेल वुढानिलकण्ठ स्कुलवाट ए लेभलमा विश्व सर्वोत्कृष्ट भएर पूर्ण छात्रावृत्तिमा अमेरिकामा अध्ययन गरिरहेका छन् । यही स्कुल तह पार गरेका सविन ज्ञवालीले पनि ए लेभलमा ‘एस्से राइटिङ कम्पिटिशन’ मा वल्र्ड टप गरेका थिए । त्यसैगरी २०६० मा एसएलसी वोर्डमा तेह्रौ स्थान ल्याएका विद्यार्थी आदित्य महरा पूर्ण छात्रावृत्तिमा अमेरिकामा फिजिक्स पढिरहेका छन् । 

नोवेल एकेडेमीका विद्यार्थीले प्लस टुमा पनि सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत सञ्चालित २०५७ को परीक्षामा नोवेलका तीन जना विद्यार्थी रवी शेखर अग्रवाल, मन्जुला श्रेष्ठ र सृजोल श्रेष्ठ क्रमस वोर्ड प्रथम, द्वितिया र तृतीय स्थानमा आएका थिए । त्यसपछिका दुई वर्ष पनि एचएसइवीको वोर्ड प्रथम नतिजा नोवेलकै विद्यार्थीको पोल्टामा परेको थियो । २०५८ मा एरिना राजभण्डारी र २०५९ मा पियुष न्यौपाने वोर्ड फस्ट भएका हुन् । इतिहासमात्र होइन, नोवेलको वर्तमान र भविश्य पनि उत्तिकै सुन्दर देखिन्छ । यस्तो लाग्छ, नोवेल प्रतिभा जन्माउने प्लेटफर्म हो ।

अतिरिक्त क्रियाकलाप
नोवेलले पढाईका अतिरिक्त खेलकुद, शैक्षिक भ्रमण, प्रोजेक्ट वर्क आदि माध्यमबाट व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । पाठ्यक्रमले मात्र विद्यार्थीलाई सक्षम बनाउन सक्दैन भन्ने निष्कर्षका साथ नोवेलले अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिंदै आएको छ । 

निष्कर्ष
कुशल व्यवस्थापनकै कारण लामो समय एक ढिक्का भएर प्रगति पथमा लम्किरहेको नोवेललाई विश्वविद्यालय वनाउने लक्ष्य लिएको छ, एकेडेमी सञ्चालक समितिले । शिक्षालाई उन्नत किसिमको नागरिक उत्पादन गर्ने लक्ष्यका साथ क्रियाशील नोवेलले चीरकालसम्म स्तरियतामा सम्झौता नगर्ने पनि यसका सञ्चालकहरुको दावी रहँदै आएको छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Skip This
Skip This
Logo