नाइजेरियाका ७३ विद्यार्थी बन्दुकधारीबाट अपहरित

नाइजेरियाका ७३ विद्यार्थी बन्दुकधारीबाट अपहरित

केन्द्रबिन्दु
0
Shares

नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । 

नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीहरुले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । ती विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । 

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ । 

बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन् । 

अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस\सिन्ह्वा
 

Skip This
Skip This
Logo