एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। 

रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन्।

अध्यक्षकी उम्मेदवार थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताइन्। विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

तीन उम्मेदवारमा तुलनात्मकरुपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन्। त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन्। थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ। थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo