अमेरिकाको टेक्सासमा खुलेआम हतियार बोक्न पाइने

अमेरिकाको टेक्सासमा खुलेआम हतियार बोक्न पाइने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको टेक्सास राज्यमा कानुनी प्रकृयाबाट प्राप्त गरेको हतियार अनुमति र प्रशिक्षणविनै खुलेआम बोक्न पाइने भएको छ। 

बुधबार लागू भएको नयाँ कानुनले त्यस्तो व्यवस्था गरेको हो। 

टेक्सासमा हतियारका कारण हिंसा बढेपछि सो राज्यका सांसदहरूले एक वर्षयता संवैधानिक व्यवस्थाअनुरुप हतियार बोक्न पाउनुपर्ने मागको पक्षमा कानुन बनाउँदै आएका छन्। 

टेक्सासमा यस वर्ष आत्महत्या बाहेकका गोली प्रहारका घटनामा १४ प्रतिशत वृद्धि देखियो। यस वर्ष ३ हजार २ सय गोली प्रहारका घटना घटिसकेका छन् भने सन् २०२० को सोही अवधीमा त्यस्ता घटना २ हजार ८ सय हाराहारी रहेका थिए। 

यय वर्षको आँकडा सन् २०१९ को तुलनामा ५० प्रतिशतले बढी हो। 

अमेरिकाका ५० मध्ये ४० भन्दा बढी राज्यमा भरिएको अर्धस्वचालित बन्दुक अनुमति र प्रशिक्षणविना नै बोक्न पाइन्छ। 

अमेरिकाका सुरक्षा अधिकारी भने नयाँ कानुनका कारण सुरक्षा दिन झन् कठिन हुने तर्क गर्छन्। 
(सिएन्एन्बाट भावानुवाद गरिएको)
 

Skip This
Skip This
Logo