राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन्।
आज मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुँढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटनासमेत बङ्ग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने भन्दै थापाले भने-"जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ।" धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले राष्ट्रियता, स्वाधिनता सँगै धर्म, संस्कृती पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै उनले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबलसहित स्थानीय तहको निर्वाचनको तयारीका लागि अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए। कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरुप्रसाद सापकोटा, सागर थापा, बद्री कुँवर, दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ, अर्जुन तिमल्सिना, भरत लामिछाने, राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो।































प्रतिक्रिया