नारायणगढ-मुग्लिन सडकखण्डकाे पाँचकिलोमा पहिरो, सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डकाे पाँचकिलोमा पहिरो, सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन। 

पहिराेले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्।

Skip This
Skip This
Logo