अर्जेन्टिनाले फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेको छ । अर्जेन्टिनाकाे जीतमा फरवार्ड लोउटारो मार्टिनेजले एक गोल र अर्काे गोलको लागि असिस्ट गर्दै नायक बने ।
शुक्रबार बिहान भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा अर्का सब्सिच्युट खेलाडी एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।
९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेन । दक्षिण अमेरिकी छनोटमा चौथो जितसहित अर्जेन्टिना ७ खेलबाट ४ जित र ३ बराबरीका साथ १५ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा छ ।































प्रतिक्रिया